जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।वीरका चिकित्सक न्युरो सर्जन डा. राजीव झाका अनुसार दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा उनीहरुको शुक्रबार र शनिबार मृत्यु भएको हो । मृतकको परिचय खुलिसकेको छैन ।

प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो । यस्तै, चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *