ठूलो परिमाणमा गोली बरामद, आठ जना पक्राउ
काठमाडौं । बनेपा नगरपालिका–९ मा शनिबार साँझ प्रहरीले ठूलो परिमाणको गोली बरामद गरेको छ।
७३० राउण्ड गोलीसहित आठ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। पक्राउ परेका मध्ये सिजन सुवाल (२६), सुवास गौतम (२८), एक १८ वर्षीय किशोर र १५ वर्षीय बालक बनेपा–९ का बासिन्दा हुन्। त्यस्तै, बारा घर भएका महेश मुखिया (२०), मकवानपुर बकैया गाउँपालिका–६ का सुशान्त लो (२४), तेमाल गाउँपालिका–२ का तिमोथी तामाङ (२१) र पनौती नगरपालिका–१० का अछुत खड्का (३४) समेत पक्राउ परेका छन्।
प्रहरीले उनीहरूलाई गोलीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।