शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ
काठमाडौँ । शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन लागेको हो । यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतल निवास भित्रको एउटा कोठामा गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले हिजो साँझ तीन जना मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको बताइएको छ ।