ओली क्याबिनेटमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता
काठमाडौं । सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ । जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो ।
‘अघिल्लो मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ,’ गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि नेपाली सेनासमेतको सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।