आवश्यक परे आधा सम्पत्ति राज्यलाई दिन तयार छु : अध्यक्ष गुरूङ

काठमाडौं । भाटभटेनी अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले आफ्नो सम्पत्तिको आधा सम्पत्ति आवश्यक परेमा राज्यलाई दिन तयार भएको आफूमाथि पटक–पटक किन आक्रमण भइरहेको छ भनी प्रधानमन्त्री सुशीला कार्कीसँग प्रश्न गरेका छन् । उनले भाटभटेनीमा पछिल्लो समय भएको क्षतिका बारेमा प्रधानमन्त्री कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई जानकारी गराएका थिए । अहिले भाटभटेनीमा आगजनी गर्दा ठूलो क्षति भएको हुँदा इन्स्योरेन्स गरेको रकममा ५० प्रतिशत अग्रिम भुक्तानीका लागि व्यवस्था मिलाइदिन सरकारसँग अनुरोध गरेका थिए ।

व्यापार व्यवसाय पुरानै अवस्थामा लैजान सहुलीयत कर्जा, आगजनीमा जलेर नष्ट भएका स्कालेटर, लिफ्ट, फ्रिजलगायतका सामग्री भारत र चीनबाट आयात गर्दा भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि करमा छुट दिने व्यवस्था मिलाइदिन अनुरोध गरेको गुरूङले जानकारी गराए । मैले आफ्ना कुरा राखेँ, प्रधानमन्त्रीले अति सकारात्मक तरिकाले लिनुभयो, गुरुङले भने । उनले ‘राज्यलाई चाहिए सम्पत्तिको आधा भाग दिन तयार भएको ममाथि किन अत्याचार भइरहेको छ ? भनी प्रश्न गरेका थिए । त्यो बैठकमा हाम्रो पक्षमा राम्रो कुरा भयो । प्रधानमन्त्रीले पनि एकदमै सकारात्मकरुपमा लिनुभयो, गुरुङले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *