माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा बढ्यो
काठमाडौँ । परिष्कृत वित्तीय विवरणमा माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार बाह्य लेखापरीक्षणपछि बैंकको वितरणयोग्य नाफा झन्डै २७ करोडले बढेको हो । असार मसान्तमा प्रकाशित बैंकको अपरिष्कृत विवरणमा वितरणयोग्य नाफा १ अर्ब ७ करोड रहेको उल्लेख गरिएको थियो । परिष्कृत विवरणमा यो रकम १ अर्ब २९ करोड रुपैयाँ कायम भएको हो ।
यो वर्ष बैंकले आफ्ना सेयर धनीहरूलाई ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश सहित जम्मा ८ प्रतिशत लाभांश दिएको छ । यो ९२ करोड ९७ लाख रुपैयाँ बराबर हो । खुद नाफातर्फ भने अपरिष्कृतको तुलनामा बैंकको नाफा सामान्य घटेको छ । बैंकले अपरिष्कृत विवरणमा १ अर्ब ८९ करोड नाफा रहेको जनाएको थियो । लेखापरीक्षण्पछि यो रकम १ अर्ब ८८ करोडमा झरेको छ ।