प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकारमा वरिष्ठ पत्रकार खनाल

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ। मुख्य सल्लाहकारमा नियुक्त खनाल वरिष्ठ पत्रकार समेत हुन् । उनकै नेतृत्वमा दि हिमालयन टाइम्स अंग्रेजी दैनिक नेपालको सबैभन्दा बढी बिक्री हुने अंग्रेजी दैनिक पत्रिका बन्न सफल भएको थियो ।

उनले बसालेको जग बलियो भएकै कारण हालसम्म पनि दि हिमालयन टाइम्स देशकै सबैभन्दा बढी बिक्री हुने अंग्रेजी दैनिक बनिरहेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार सोही बैठकले गोविन्दनारायण तिमिल्सेनालाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारका रुपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *