नेतृत्व नछोड्ने ओलीको सन्देश
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अध्यक्ष, इन्चार्ज, जिल्ला अध्यक्षसँग संवाद गरेका छन् । उनले भर्चुअल रूपमा संवाद गरेका हुन् । पार्टीको सचिवालय र केन्द्रीय कमिटी बैठकअघि जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गरेका हुन् । उहाँले पछिल्लो अवस्थाबारे ग्राउन्ड बुझ्न खोज्नुभएको जस्तो लाग्यो । सुझाव दिनका लागि जिल्ला अध्यक्षलाई तीन मिनेटको समय दिइएको थियो, एक जिल्ला अध्यक्ष भन्छन् । गण्डकी र कर्णाली प्रदेशका नेताहरूलाई एकै ग्रुपमा जोडिएको ती अध्यक्षले बताए । दुई प्रदेशलाई एकै ठाउँ राखिएको थियो । अध्यक्षकै निरन्तरता हुनुपर्छ भन्ने र अब नेतृत्व छोड्नुपर्ने खालाका मिश्रित सुझाव आए, ती अध्यक्ष भन्छन् ।
अन्यमा पनि त्यसैगरी संवाद गरेका हुन् । छलफलका क्रममा सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकले अवस्थाको ठोस मूल्यांकन गरेर आवश्यक निर्णय लिने धारणा ओलीले राखेका थिए । ओलीले आफूले सहन सकुनजेल पार्टीको शिर झुक्न नदिने बताए । सक्रियता, इमानले कुनै हिसाबले शिर झुक्न दिन्नँ । सहन नसकेपछि छोडिदिन्छु, ओलीले भनेका थिए । उनले पार्टीभित्र नचाहिने हल्ला मच्चाइएको भन्दै आपत्ति जनाए । सामाजिक सञ्जालर्फत नेताहरूले पार्टी पुनर्गठनका विषयमा राखेका धारणाप्रति पनि आपत्ति जनाएका हुन् । पार्टीको विधि, प्रक्रिया हुन्छ । सामाजिक सञ्जालमार्फत हल्ला मच्चाइएको भन्दै अध्यक्षले असन्तुष्टि प्रकट गर्नुभयो, ती नेता भन्छन् । ओलीले आफूले सुनेको र थोरै बोलेको नेताहरू बताउँछन् । ओलीले आफूले सुनेको र थोरै बोलेको नेताहरू बताउँछन् । उहाँले धारणा बुझ्नुभएको छ । धेरै सुन्नुभएको छ । आफ्नो कुरा थोरै राख्नुभयो, अर्का जिल्ला अध्यक्ष भन्छन् । उनका अनुसार, ओलीले आफूले अहिले नै पार्टीको नेतृत्व नछोड्ने आशय प्रकट गरेका छन् । एमालेको सचिवालय बैठक असोज २४ गते बोलाइएको छ । केन्द्रीय समिति बैठक असोज २७–२९ गतेका लागि बोलाइएको छ ।