प्रहरी चौकी पुनर्स्थापनाको लागि आर्थिक सहयोग गर्न काभ्रेका सहकारीलाई अपिल

काभ्रे जिल्लामा रहेका सहकारी संघ संस्थाहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा जिल्लाभर रहेका प्रहरी चौकी ध्वस्त भएकाले त्यसको पुनर्स्थापनाको लागि आर्थिक सहयोग गर्न काभ्रेका सहकारी सहकारीहरुलाई अपिल गरिएको हो । विज्ञप्तिमा भनिएको छ,‘जनताको जीउधनको सुरक्षा गर्ने निकायमाथि भएको तोडफोड तथा आगजनीले समग्र सुरक्षा निकायको मनोबलमा ह्रास आएकाले सुरक्षाकर्मीको मनोबल उच्च बनाई समाजमा शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाउन सबै तह तप्काबाट सहयोग जुटाई स्रोत साधान सम्पन्न सुरक्षा निकाय पूनस्र्थापना गर्नुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै सामुदायिक उत्तरदायित्व अन्तर्गत समग्र सहकारी अभियानको तर्फबाट आर्थिक सहयोग गर्न आग्रह गरिएको छ ।’ जिल्ला सहकारी संघ काभ्रे, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको त्रिपक्षीय समन्वयमा जिल्ला सहकारी संघ काभ्रेको समन्वयमा राहत कोष खडा गरिएको विज्ञप्ति उल्लेख छ । उक्त राहत कोषमा सहकारी संस्थाहरुलाई सक्दो आर्थिक सहयोग गर्न भनिएको छ । त्यसका साथै ईच्छुक व्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *