साविक सिभिल बैंकका कात्तिक ११ गतेदेखि चेकबाट भुक्तानी नहुने

काठमाडौं । साविक सिभिल बैंकले कात्तिक ११ गतेदेखि जारी गरेका चेकबाट भुक्तानी नहुने भएको छ । हिमालयन बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएकाले साविक सिभिल बैंक र सो बैंकसँग मर्ज तथा प्राप्ति गरेका बैंकले जारी गरेको चेकबाट भुक्तानी नहुने जनाएको हो । बैंकका अनुसार कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ गतेदेखि टी २४ रिलिज आर २३ मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् हिमालयन बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंकमा मर्ज भएका र प्राप्ति गरेका साविक वित्तीय संस्थाहरूले जारी गरेको कुनै पनि चेकहरूबाट भुक्तानी हुनेछैन,’ हिमालयन बैंकले भनेको छ । साविक सिभिल बैंक तथा बैंकले प्राप्ति गरेको र मर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन बैंकले आग्रह गरेको छ । साथै, कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति गर्ने प्रकृयामा बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाहरु कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म उपलब्ध नहुने बैंकले जनाएको छ । यद्यपि सो अवधिमा एटीएम तथा डेबिट तथा क्रेडिट कार्ड सेवा भने सुचारु रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *