विपिनको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख सहयोग गर्ने

काठमाडौं । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताएका हुन् ।

सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *