सिटिजन लाइफद्धारा तीन महिनाको अवधिमा करिव २३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन महिनाको अवधिमा करिव २३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीले २२ करोड ९० लाख ८ हजार रुपैयाँ बराबरको रकम दावी भुक्तानी गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्स सुरुवाती चरणदेखि नै बीमा दावी, सूचना प्रवाह, व्यवसायीक रणनीति, अभिकर्ताको क्षमता अभिबृद्धि लगायतका सन्दर्भमा अग्रपन्तीमा रहेकोे छ । कम्पनीले आफ्ना बीमितहरुलाई सबैभन्दा माथी राखेर बीमा दावी भुक्तानी, प्रिमियम कलेक्सन तथा नविकरण र कर्जा प्रवाह लगायतका विषयमा पनि निकै सहज वातावरण बनाएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार असोज महिनामा मात्रै सात करोड २१ लाख ३२ हजार रुपैयाँ कुल बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीका हजारौं सक्रिय अभिकर्ताहरुले पनि आफ्ना बीमितहरुलाई बीमा दावी भुक्तानीमा तदारुकताका साथ लाग्दा सहजै बीमितले दावी पाउने गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले कम्पनीको बीमा दावी भुक्तानी प्रक्रिया निकै सहज र सरल बनाएका कारण बीमितलाई सक्दो चाँडो दावी भुक्तानी गरिरहेको बताए । उनले भने, ‘हामीले बीमितलाई सबैभन्दा माथी सम्झेर उहाँहरुको सहजतालाई मध्यनजर गरी काम कारबाही अघि बढाइरहेका छौं । बीमितहरुसँग अभिकर्ताको सम्बन्ध निकै बलियो हुने भएकाले अभिकर्ताहरुलाई समेत दावी प्रक्रियामा सहजता गराउने गरी तालिम प्रदान गर्ने गरेका छौं। बीमितहरुको सन्तुष्टी नै कम्पनीको प्राथमिकता रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले निष्पक्ष रुपमा सरल दावी भुक्तानी गरिरहेको छ । व्यवसाय बृद्धिमा समेत आक्रामक रहेका कम्पनीका अनुभवि व्यवस्थापक र देशभरीका क्षमतावान कर्मचारीका कारण कम्पनी सहजै दावी भुक्तानी गर्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *