नक्सालमा खुल्यो ‘ऋ क्रिएट’
काठमाडौं । कलाकार तथा व्यवसायी सञ्जोग कोइरालाले नक्सालमा सञ्चालनमा आएको ‘ऋ क्रिएट’ उद्घाटन गरेका छन् । पोखरामा चार वर्षदेखि सञ्चालनमा रहेको यो स्टोरको नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । यो स्टोरमा मौलिक र देवीदेवताका आकृतिलाई मोर्डन रूपमा आर्ट गरिएको छ ।

स्टोरमा नेपाली कल्चर र देवीदेवताका ५९ वटा चित्र छन् । अनलाइनमा काठमाडौं र अस्ट्रेलियाबाट राम्रो माग आएपछि आउटलेट खोलेको आर्टिस्ट तथा सञ्चालक रितेश पौडेलले जानकारी दिएका छन् । स्टोर उद्घाटन गर्न पुगेका सञ्जोग कोइरालाले रितेशजस्ता युवाले नेपालमै उद्यमी बनेर रोजगारी सिर्जना गरेको भन्दै यस्ता युवालाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।
















