रीमा विश्वकर्मा घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र रीमाले हस्ताक्षर गरेकी छिन् । ‘म औपचारिकरुपमा पार्टीको केन्द्रीय सदस्य बनेकी छु’ उनले भनिन् । स्रोतका अनुसार रीमाले बुधबार अपरान्ह मात्र नाममा साइन गरेकी हुन् । यसबाहेक, यो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन् । रीमाको कुरा गर्दा, उनी पछिल्लो समय टिभी कार्यक्रम होस्टमा ब्यस्त थिइन् । केही फिल्मको तयारी पनि गरिरहेकी थिइन् । पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरि ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ । केही दिनमा दर्ता हुने एक सदस्यले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *