दोस्रो इन्फा फिल्म अवार्ड २०२५मा उपासना उत्कृष्ट अभिनेत्री, प्रदीप पपुलर अभिनेता अवार्ड

काठमाडौं । ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’मा उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड प्राप्त गरेका छन् । इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट यूकेको आयोजनामा लन्डनमा आयोजित ‘दोस्रो इन्फा फिल्म अवार्ड–२०२५’ ‘खुस्मा’मार्फत उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । ‘पिताम्बर’बाट अभिनेता प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड हात पारेका छन् ।
उत्कृष्ट फिल्म : छक्का पन्जा–५
निर्देशक : दीपाश्री निरौला (छक्का पन्जा–५)
अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी)
अभिनेत्री : उपासना सिंह ठकुरी (खुस्मा)
पटकथा : दीपकराज गिरी (छक्का पञ्जा–५)
सम्पादन: साहिल खान (द आउट ल स: दफा २१९)
छायांकन : पुरुषोत्तम प्रधान (पिताम्बर)
खलपात्र : प्रमोद अग्रहरी (पिताम्बर)
सहअभिनेता : जीतु नेपाल (कर्साङ)
सह अभिनेत्री : सृजना सुब्बा (अञ्जिला) र ऋचा घिमिरे (तेल भिसा)
नव अभिनेता : विवेक कर्माचार्य (वर एन्ड वधु)
नव अभिनेत्री : सृजना निङ्लेखु
द्वन्द्व निर्देशक : चुल्ठे काजी र श्री श्रेष्ठ
नृत्य निर्देशक : सुनील श्रेष्ठ र गम्भीर विष्ट (छक्का पञ्जा ५)
गायिका : शान्ति श्री परियार : रुकुमै कोट (खुस्मा)
गायक : आशिष अविरल : रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)
संगीतकार : थानेश्वर गौतम– रात किन हुन्छ हजुर (अञ्जिला)

स्पेशल मेन्सन अवार्ड
फिल्म : सतिदेवी
निर्देशक : कृषा चौलागाईं

इन्करेजमेन्ट अवार्ड
अभिनेता : सुमन भन्डारी (द आउट ल : दफा २१९)
अभिनेत्री : दिव्या रायमाझी (पिताम्बर)

पपुलर अवार्ड
अभिनेता : प्रदीप खड्का (पिताम्बर)
अभिनेत्री : स्वस्तिमा खड्का (बेहुली– फ्रम मेघौली)

पब्लिक च्वाइस अवार्ड
अभिनेता : दीपकराज गिरी (छक्का पञ्जा–५)
अभिनेत्री : नीता ढुंगाना (ह्रस्व दीर्घ)

जुरी अवार्ड
निर्देशक : मिलन चाम्स (अञ्जिला)
अभिनेता : महेश त्रिपाठी (लाज शरणम्)
अभिनेत्री : दीया मास्के (कर्साङ)
कमेडी एक्टर अफ द इयर : केदारप्रसाद घिमिरे
विशेष योगदान सम्मान : केकी अधिकारी
ब्लकबस्टर : मुभी अफ द इयर : पूर्णबहादुरको सारङ्गी
डायस्पोरा : मुभी अवार्ड तेल भिसा
पर्फमर अफ दि इयर : तेरिया गमर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *