राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको समय सकियो
काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् । निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले , नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी नेपाललगायतले दर्ताको निवेदन दिएका हुन् । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसैगरी, प्रतिनिधिसभाका लागि ५६ वटा निवेदन आयोगमा दर्ता भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।
















