कुमारी बैंक ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा दुई विधाबाट सम्मानित

काठमाडौं । कुमारी बैंक भिजा इन्टरनेशनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ मा दुई विधाबाट सम्मानित भएको छ । बैंक एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस र एक्सिलेन्स इन कम्ज्युमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट अवार्डले सम्मानित भएको हो । यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो ।

बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *