आज सुन तोला दुई लाख ५४ हजार पुग्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मोल ११० रुपैयाँले बढेर तोलामा तीन हजार ६५५ रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *