हार्दिक आईभीएफले पाँच दिन निशुल्क प्रजनन क्षमता परीक्षण गरिदिने

काठमाडौं । हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले मंसिर २२ देखि २६ गतेसम्म महिलाका लागि एएमएच र पुरुषका लागि सिमेन परीक्षण पूर्ण रुपमा निशुल्क उपलब्ध गराउने भएको छ । सामान्यतः करिब ६ हजार रुपैयाँ शुल्क पर्ने यी दुई परीक्षणलाई पाँच दिनसम्म निशुल्क प्रदान गर्न लागिएको हार्दिक आईभीएफले जनाएको छ । एएमएच परीक्षण महिलाको अण्डाकोषमा कति अण्डा बाँकी छन् भन्ने ओभरियन रिजर्भको जानकारी दिने परीक्षण हो ।

जसले प्रजनन क्षमता र भविष्यको योजना बनाउन सहायता गर्छ। त्यस्तै सिमेन परीक्षण पुरुषको शुक्राणुको संख्या, गति र गुणस्तर जाँच गर्ने प्रमुख परीक्षण हो । जसले पुरुषपक्षमा कुनै प्रजनन समस्या छ कि छैन भन्ने पहिचान गर्न मद्दत गर्छ। हार्दिक आईभीएफले प्रजनन स्वास्थ्यबारे समयमै जानकारी दिन र दम्पतीलाई उचित परामर्श उपलब्ध गराउन यो अभियान सञ्चालन गरिएको जनाएको छ। इच्छुक व्यक्तिहरूलाई अग्रिम बुकिङ गर्न अनुरोध गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *