नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को खुद मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो कम्पनीको फेस भ्यालू १०० रुपैयाँ हो ।

त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हाल कायम चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ । यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *