शान्तिपूर्ण चुनावका लागि सबैको भूमिका आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् । पूर्वसांसद मञ्चको प्रतिनिधि मण्डलसँग सोमबार साँझ बालुवाटारमा भएको भेटमा कार्कीले यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् । अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको उनले बताइन् । प्रत्येक नागरिकले देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका साथ भूमिका खेल्नुपर्ने कार्कीको भनाइ थियो ।
निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने कार्कीको भनाइ छ । अहिले मुलुकको अवस्था निकै संवेदनशील छ । प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका भूमिका खेल्नुपर्नेछ, कार्कीले भनिन्, समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहीत निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ । यसका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् ।ू निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्ने कार्कीको भनाइ छ । नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउने उनले बताइन् ।
















