वीरगञ्जमा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको जनाएका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो ।

कर्फ्यु आदेश जारी भएको क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक, दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *