सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड,मागभन्दा बढी आवेदन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले पुस ९ देखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ६८ हजार ९६७ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर ७० हजार ४५७ जनाले आवेदन दिएकोमा ७० हजार ४४५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी ७ जनाको आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। बाँडफाँडमा ६ हजार ८९६ जनाले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोहीमध्येबाट १० जनाले थप १।१ कित्ता गरी कुल ११ कित्ता शेयर हात पारेका छन् भने बाँकी ३८ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *