बलात्कारविरुद्धको शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने विचार सकारात्मक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन् । सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए ।

सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए । संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ । उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए । 

बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै अधिकांश बलात्कारका घटनामा युवाहरू नै संलग्न रहेको पाइएको उनको भनाइ छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *