म उदार छु, पार्टी नफुटाउनुस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् । बुधबार सभापति देउवासँग महामन्त्रीद्धय थापा र शर्माको भेटमा सभापति देउवाले यस्तो बताएका डा प्रकाशशरण महतले जानकारी दिए । ‘मेरो लागि टिकटमा हस्ताक्षर महत्त्वपूर्ण होइन, टिकट जसले हस्ताक्षर गरेपनि भयो ।

मेरो तर्फबाट कुनै बाधा छैन भनेर उहाँले राख्नुभयो, देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘पार्टी नफुटाउनुस् भन्नुभयो । उदारताका साथ पार्टी सभापति प्रस्तुत हुनुभएको छ । भेटमा गगन र विश्वले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्छौ भनेर देउवासँग छुट्टिएको महतले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *