विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्नू : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचनकेन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा शर्माले प्रतिस्पर्धाका नाममा दुश्मनी खडा गरेर वा विपक्षीलाई गाली गरेर नभइ कांग्रेसका एजेन्डाका आधारमा चुनावी अभियानमा लाग्न नेता(कार्यकर्तालाई आग्रह गरेका हुन् । सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरू बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरी पार्टीलाई पहिलो दलको रूपमा स्थापित गराउनुपर्ने शर्माले बताए । चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरू नै प्रयाप्त रहेको उनको भनाइ छ । नयाँ सोचका साथ निर्वाचनमा जाँदै गर्दा राजनीतिक रुपान्तरणको सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *