फोहोरलाई उचित ब्यवस्थापन गर्ने अभिभारा हामी महानगरबासीको पनि हो


काठमाडौ । अब महानगरबासीले आफ्नो घर आंगनबाट उत्पादीत फोहोरलाई बायोडिग्रेडेबल, सुक्खा (प्लास्टिक, कागज, धातु, काठ, आदि) र घरेलु हानिकारक फोहोर (डायपर, नेपकिन, किटनासक , क्लिनिङ एजेन्ट आदि) गरी तीन क्याटागोरीमा विभाजन गर्दा राम्रो हुने देखिन्छ । फोहोरलाई स्रोतमा पृथकीकरण गर्ने र स्थानीय सरकारले तोके बमोजिम फोहोर सङ्कलनकर्ता वा एजेन्सीलाई छुट्याइएको फोहोर हस्तान्तरण प्रकृया सुनिश्चित गर्दा राम्रो हुने देखिन्छ ।
संस्थागत फोहोर उत्पादक, बजार , कार्यक्रम आयोजक र होटल तथा रेष्टुरेन्टलाई स्थानीय निकायसँगको साझेदारीमा फोहोर छुट्याउने र व्यवस्थापन गर्न प्रत्यक्ष जिम्मेवार बनाउदा राम्रो हुन्छ । कुनै पनि इजाजतपत्र/बिना इजाजतपत्र प्राप्त स्थानमा कुनै कार्यक्रम, वा १०० भन्दा बढी व्यक्तिहरू भेला भएमा, आयोजकले फोहोरलाई स्रोतमा पृथकीकरण गर्ने र स्थानीय सरकारले तोके बमोजिम फोहोर सङ्कलनकर्ता वा एजेन्सीलाई छुट्याइएको फोहोर हस्तान्तरण गर्ने प्रकृया सुनिश्चित गर्दा सजीलो हुनेछ ।
सबै होटल र रेष्टुरेन्टहरूले पनि बायोडिग्रेडेबल फोहोर छुट्याउन र त्यस्ता खाद्य फोहोरलाई कम्पोस्ट/बायोमेथेनेशनका लागि प्रयोग गर्ने सुनिश्चित गर्न सङ्कलन गर्ने प्रणाली स्थापना गर्न अत्यन्त आवश्यक छ । सबै आवासीय तथा बजार संघ र समुदायले फोहोरलाई स्रोतबाटै प्लाष्टिक, टिन, गिलास,शिशाजन्य, कागजजन्य लगायतका सामग्रीलाई विभाजन गरी पुन: प्रयोग गर्न मिल्ने सामग्रीलाई फोहोर संकलन गर्ने केन्द्रलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरेमा फोहोरबाट मोहोर सजिलै प्राप्त गर्न सकिन्छ ।
अब हामी महानगरबासीले पनि आफ्नो घर आंगनबाट उत्पादीत फोहोरलाई उचित ब्यवस्थापन गर्ने प्रयासमा सहभागी हौं र फोहोरलाई वैज्ञानिक किसानले बिस्थापन गर्ने पहल आज अहिलेबाटै शुरु गरौं । यो शहर बनाउने रहर बालेन्द्रको मात्र होइन । महानगरबासीले आफ्नो घर आंगनबाट उत्पादीत फोहोरलाई उचित रुपमा ब्यवस्थापन गर्ने अभिभारा हामी महानगरवासीको पनी हो । जय काठमाण्डौ ।