सोल्टी होटलको लाभांश शेयरधनीको खातामा

काठमाडौं । सोल्टी होटल लिमिटेडको मंसिर २८ गते सम्पन्न ५१औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। होटलको साधारणसभाले पारित गरेको १६.५७ प्रतिशत नगद लाभांश मंसिर ५ गतेसम्म आफ्नो डिम्याट खातामा उल्लिखित बैंक खातामा जम्मा पठाइसकिएको जानकारी दिएको छ। शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको संस्थाबाट एनओसी पत्र पेश गरेपछि मात्रै खातामा पठाइने जनाएको छ। त्यस्तै सोही वार्षिक साधारणसभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर नेप्से तथा सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई शेयरधनीको दर्ता किताबमा समेत अद्यावधिक भइसकेको होटलले बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *