कांग्रेस संसदीय दल नेता चयनमा ढिलाइ भएकोमा सांसदहरूको असन्तुष्टि

काठमाडौं । संसदीय दलको नेता चयन गर्न ढिलाइ भएको भन्दै नेपाली कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा बोल्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह केसीका अनुसार, बैठकमा ३८ सांसदमध्ये २६ जनाले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन् । दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा उनले जोड दिए । सबै सांसदले नेतृत्वमा दाबी गर्न सक्ने भए पनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उनको मत छ ।

संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने केसीले बताए । ३८ जना माननीयमध्ये २४र२५ जनाले बोल्नुभयो । सबैजनाले संसदीय दलको नेता चयनमा ढिलो भएको भन्ने गुनासो राख्नुभयो । र, यसमा सहमतिपूर्ण ढंगले निष्कर्ष निकालौँ भन्ने सबैको मत थियो । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । त्यसकारण सबै सांसदको दलको नेता हुने दाबी पुग्छ । त्यसका सबै साथीहरूको दाबीलाई सँगसँगै राखेर सहमति गरौँ भन्ने दाबी भएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई चाँडो टुंग्याउने भन्ने विषयमा नै आजको छलफल केन्द्रित रह्यो । अब भोलि शनिबार नै भयो । अर्को हप्ताभित्रमा हामी यसलाई टुंग्याउँछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *