सबैलाई मिलाएर लैजान्छु – सभापति थापा
काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको सभापति गगन थापाले स्वागत गरेका छन् । सर्वोच्च अदालतको आदेशलगत्तै उनले यस्तो बताएका छन् । सर्वोच्च अदालतको आदेशलाई हामी सबैले स्वीकार गर्नुपर्छ, थापाले भने, “सर्वोच्चको फैसलापछि पार्टीको जिम्मेवारीबोध गरेर हामी सबै अघि बढ्नुपर्छ ।
उनले सबैलाई समेटेर लैजान खोज्दा पनि अदालतमा मुद्दा विचाराधीन रहेको भन्ने साथीहरुलाई पनि अब समेटेर लैजाने बताए । अदालतमा मुद्दा विचाराधीन रहेका कारणले पनि केही समस्या भएको थियो, उनले भने, “अब मैले सबैलाई समेटेर अघि बढ्नुपर्छ । समेटेर लैजान्छु । यो मेरो जिम्मेवारी पनि हो । पार्टीलाई एकताबद्ध बनाएर लैजान्छु ।
















