सबै अग्रजलाई सँग लिएर अघि बढ्नेछौं : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘नवीन ऊर्जासाथ हामी अघि बढ्नेछौं । श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं,’ गगन थापा सभापति हुँदा माला लगाइदिँदै गर्दाको तस्बिरसहित उनले लेखेका छन्, ‘सबैको जीत, सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं । बदलिएको कांग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ।’
















