दीपक भट्टलाई अनुसन्धान फाइलसँगै २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार (वैशाख २१) ललितपुर प्रहरी र सम्पत्ति शुद्धीकरण विभागका नाममा उक्त आदेश दिएको हो । भट्टलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी सीआईबीको हिरासतमा राखिएको थियो ।

भट्टको रिहाइको माग गर्दै उनकी पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् । सर्वोच्चले वन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ र अनुसन्धान भइरहेको मिसिल फाइल समेत पेस गर्न भनिएको छ । शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौ‍ंको नक्सालबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । उनको राहदानी समेत कालोसूचीमा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *