प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउने प्रयास गर्नुभयो : संसदीय दलका नेता आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको टिप्पणी गरेका छन् । उनले संसारमा यस्तो नदेखिएको बताए । आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बीचमै हिडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ । उनले रेकर्ड राख्न लागेको बधाई दिऊँ कि दुःख व्यक्त गरौँ भनेर सोधे । उनले प्रधानमन्त्री अस्वस्थ भएर हिँडेको खबर सुनिएको बताए । उनले प्रधानमन्त्री अस्वस्थ भए चाडोभन्दा चाडो स्वास्थ्य परीक्षणको जानकारी गराइयोस् भन्ने माग राखे । “उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो ? अबिलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्,” उनले माग राखे । उनले प्रधानमन्त्री रास्वपाको मात्रै सम्पत्ति नभएको बताए । उनले युवा प्रधानमन्त्रीको मन शान्त र स्थिर नदेखिएको टिप्पणी गरे । “हिजोको उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । शीर निहुरिएको छ । उनले सभामुखको भूमिकाप्रति प्रश्न उठाए । सदनलाई गरिमामय बनाउन नसक्नु दुःखको कुरा भएको बताए ।
आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकझमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ !
यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुस्ख व्यक्त गरौं, सभामुख महोदय ? सामाजिक संजालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न , यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला
त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परिक्षण गरेर संसदलाइ जानकारी गराइयोस् !
हुनसक्छ, सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको । खैर, जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहिन व्यवहार प्रदर्शन गर्नु दुर्भाग्य हो । हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ । देशको शिर झुकेको छ । यो सदनको गरिमा र ईज्जतमा दाग अनुभूति हामीलाई भएको छ ।
















