चलचित्र कलाकार संघमा उपाध्यक्षमा भिड्दै राजेन्द्र बस्नेत
काठमाण्डौं । चलचित्र क्षेत्रमा विगत २४ वर्षदेखि सक्रिय रूपमा योगदान दिँदै आएका निर्माता, निर्देशक तथा कलाकार राजेन्द्र बस्नेतले नेपाल चलचित्र कलाकार संघमा उपाध्यक्ष पदमा भिड्दै छन । बस्नेतले कलाकारहरूको हकहित र चलचित्र क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । लामो समयदेखि कला क्षेत्रमा निरन्तर सक्रिय रहेका बस्नेतले कलाकारहरूको अधिकार सुनिश्चित गर्न, स्रष्टाहरूको सम्मान बढाउन तथा नयाँ पुस्ताका कलाकारलाई अवसर सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

उनले चुनावी अभियानमा कलाकारहरूको समस्या समाधान, चलचित्र क्षेत्रको विकास, तथा कलाकारहरूको एकता मजबुत बनाउने विषयलाई मुख्य एजेन्डा बनाएका छन्। “कलाकारको हक र सम्मानका लागि म सधैं आवाज उठाउनेछु,” राजेन्द्र बस्नेतले बताएका छन्। राजेन्द्र बस्नेतको उम्मेदवारीसँगै कला क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन्।
















