कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरिएको छ। शुक्रबार पार्टी सभपति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन्। श्रेष्ठ यसअघि पनि कोषाध्यक्ष थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *