कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ ३ गतेका लागि आह्वान गरेको छ । पार्टी सभापति गगन थापाको उपस्थितिमा बैठक बस्ने कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने उनको भनाइ छ । यसअघि बैशाख २३ गते बसेको प्रतिष्ठानको पहिलो बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कैलालीको धनगढी, कर्णालीको सुर्खेतमा कांग्रेसले भेला सम्पन्न गरेको छ । गण्डकीको पोखरामा आयोजित भेला आज शुक्रबार सम्पन्न हुँदैछ । कांग्रेसले अन्य प्रदेशमा भेला आयोजना गर्ने मिति तय गरिसकेको छ । बैशाख २२ गते प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ३१ जना सदस्य नियुक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *