प्रधानमन्त्री बालेन्द्र साहलाई हेग पुर्याउने !
प्रधानमन्त्री बालेन्द्र साह विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा मानवता विरोधी काम गरेको आरोप सहित मुद्दा दर्ता भएको छ । बाजुराका धर्मराज तिमिल्सिनाले दर्ता गरेको सो मुद्दामा सरकारका मानवता विरोधी हर्कत रोक्न माग गरिएको छ । सरकार गठन भएको महिना दिन नबित्दै प्रम साहले सुकुम्वासी हटाउने नाममा मुलुकको संविधान, कानुन र संयुक्त राष्ट्र सङ्घको मानव अधिकारको बडापत्र विरुद्धको हर्कत गरी बालबालिका, महिला, सुत्केरी, बिरामी बृद्धबृद्धा, नवजात शिशुमाथि जङ्गली क्रूर र आततायी व्यवहार गरेका थिए । हुन त साहले यस्तो व्यवहार पहिलो पटक भने गरेका होइनन् । यस अघि काठमाडौँ नगरप्रमुख भएको बेला पनि उनले यस्तो ज्यादती गरेका थिए । उनले नगरप्रमुख भएको बेला असहाय, निरीह र दुःखी जनमाथि राज्य शक्तिको दुरुपयोग गर्दै जघन्य अपराध गरेका थिए । राज्य शक्तिको दुरुपयोग गरी राष्ट्र र जनतामाथि गरिएका अपराधलाई सही ठहर्याउन उनले युटुबरहरुलाई भाडामा लिने घटना बारम्बार प्रकाशमा आउने गरेको छ । कतिसम्म भने आफ्नो कुकर्म लुकाउन सोसल मिडियामा गलत प्रचारबाजी गर्न फेक न्युज प्रवाह गर्न कुस्त पैसा तिरेर भाडामा मान्छे पनि राख्ने गरेका छन् । सोसल मिडियामा गलत प्रचार गराएर भाइरल बन्ने र विधि,नीति र पद्धति तोडेन कुरामा विश्वास राख्ने साहलाई हिरो ठान्नेहरू सर्वसाधारण मात्र छैनन्, पढेलेखेका, बुद्धिजीवी र पुराना र सुल्झिएका भनिएका राजनीतिक कर्मी पनि छन् । पार्टी र नेतामाथिको भइडाँस निकाल्न पुराना र इतिहास भएका नेताहरू पनि बालेन्द्रको शासन शैलीको फिदा भएको बताउन थालेका छन् । गम्भीर रूपले बिचार गर्ने हो भने बालेन्द्रको शासन शैली कि त आतङ्ककारीसँग मिल्छ कि सैनिक ताना शाह वा निरङ्कुश र अधिनायकवादी शासकसँग मेल खान्छ ।
लोकतन्त्र , विधिको शासन र जनउत्तरदायी सरकारले यो खालको शैली अपनाउनै सक्दैन । चुनाव लड्ने बेला जनतालाई आफूले के आश्वासन दिएको थिए भन्ने कुराको उनले नत नगरप्रमुख हुने बेलामा हेक्का राखे न प्रधानमन्त्री भएपछि नै त्यसो गरेको देखियो । नगरप्रमुख हुँदा उनले गरेको आर्थिक अपचलन र भ्रष्टाचारको मुद्दा अख्तियारमा पुगे पनि त्यसलाई कार्यान्वयनमा ल्याइएन । उनी असनको साँढे झैँ कसैलाई नटेर्ने र फुकाफाल हिँड्ने गरिरहे । सङ्घीय सरकारसँग पटक पटक द्वन्द्व निम्त्याउने र सरकारका कुनै निर्णय नमान्ने साहले प्रधानमन्त्री भएपछि पनि त्यही शैली दोहर्याए । अहिले उनलाई मानव अधिकार हननकर्ताको महाअभियोग लागेको छ । यदि मानव अधिकार आयोगले यो अभियोगमा उनलाई दोषी ठहर्याए भने उनलाई अन्तर्राष्ट्रिय युद्ध अपराध सम्बन्धी अदालतले गिरफ्तार गरी हेग पुर्याएर बन्दी बनाउन सक्छ । उनलाई विदेश यात्राको अनुमतिमाथि रोक लगाउने, उनको सरकारलाई नाकाबन्दी लगाउने र युद्ध अपराधी घोषणा गर्न पनि सक्छ । मानवतावाद विरोधी दोषी करार हुनु भने संसारको सबभन्दा जघन्य अपराधमा फस्नु हो । बालेन्द्र साहको व्यवहार र क्रियाकलापकै कारण आजसम्म लाखौँ नेपाली जनता घरबार विहीन भइसकेका छन् । लाखौँले रोजगारीबाट हात धुनु परेको छ । हजारौँ बालबालिकाले पठन पाठनको अधिकारबाट वञ्चित हुनु परेको छ । गर्भवती,सुत्केरी,नवजात शिशु, दीर्घ रोगी अपाङ्गता भएका,असक्तहरूको कन्तबिजोग भएको छ । ज्यामी मजदुरी गरिरहेका,अस्थायी र ज्यालादारीमा काम गरी गुजारा चलाई रहेकाहरूको रोजगारी खोसिएको छ । यिनको दुष्कर्मले देश भरी लाखौँ गरिब,सुकुम्वासीले आफ्नो बसोबासलाई मात्र गुमाउनु परेको छैन बरु रगत पसिना एक गरेर निर्माण गरेको पातीको झुप्रो र भाँडाकुँडा ,ओढ्ने ओछ्याउने लाउने कपडा पनि गुमाउनु परेको छ । यसको क्षतिपूर्ति अब राज्यकोबाट तिर्न मिल्दैन । तर पीडितले क्षतिपूर्ति पाउन पर्छ । यस्तो अवस्थामा प्रम साहलाई गिरफ्तार गरी उनको जायजेथाबाट क्षति भराउने ,असुल उपर गराउने बाहेक अर्को विकल्प रहँदैन ।
सरकारको पहिलो कार्यसूचीमा पर्ने काम नागरिकको जीउधनको रक्षा हो । तर सरकार नै राज्य शक्ति प्रयोग गरेर जनता र राष्ट्रमाथि जाइलाग्छ भने त्यसको विरुद्ध जनता पनि जाग्नुपर्छ र संविधान र कानुन विपरीतका कामका विरुद्ध विद्रोह गर्नुपर्छ । छिमेकी,राष्ट्रसङ्घ र नेपाली जनतालाई समेत अपमानपूर्ण व्यवहार गर्ने साहले नेपाली शान्तिप्रियतामाथि आक्रमण गरेको र त्यसको उपहास गरेको प्रस्ट देखिएको छ । बालेन्द्र साह चाउचेस्कूको नेपाली संस्करणको रूपमा देखा परेका छन् । उनमा न त विवेक छ न मानवीय संवेदना नै । क्रूर र आततायी व्यवहार गर्ने नेपाली शासकहरूका सबै रेकर्ड तोडेर साहले कीर्तिमान कायम गरेका छन् । अब मानव अधिकार आयोग पछि संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगमा पनि मुद्दा पुर्याउने तयारी भइरहेको सूत्रको दाबी छ ।














