रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ । सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो । अदालतको यो आदेशसँगै अब लामिछानेसहितका प्रतिवादीहरूमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहनेछ ।

पीडित बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई सहज बनाउन र प्रतिवादीबीच मिलापत्रको वातावरण सिर्जना गर्न संगठित अपराधको अभियोग हटाउन उपयुक्त हुने अदालतको ठहर छ ।महान्यायाधिवक्ताको कार्यालयको निर्णय र सरकारी वकिल कार्यालयको निवेदनका आधारमा अदालतले उक्त अनुमति दिएको हो । यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउन अनुमति दिइसकेको छ । अब यो मुद्दामा सहकारी ठगीसम्बन्धी दाबीमा मात्र सुनुवाइ अघि बढ्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *