शुभप्रभात साकोसद्वारा १८ औं स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान

सिन्धुपाल्चोकको राम्चे ९ बाह्रविसेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै विधार्थीलाई छात्रवृति प्रदान गरेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी सदस्यलाई सम्मान र विधार्थीलाई छात्रवृति प्रदान गरेको जनाएको छ । जिल्लाकै उत्कृट सहकारी संस्थाको रुपमा रहेको शुभप्रभातले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेल्दै आएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्थाले सदस्यहरुको समृद्धिमा टेवा पु¥याउन कृषि, व्यापार व्यवसाय र आय आर्जनको क्षेत्रमा स –सानो पुँजी लागानी गर्दै आएको छ । त्यसका साथै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्र विभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएको छ । १८ बर्ष अगाडि सानो पुँजी र सीमित सदस्यबाट सुरु भएको सहकारीको हालसम्म ६ हजार ३ सय माथि सदस्य र ६७ करोड ६५ लाख कुल सम्पत्ति पुगेको छ ।

संस्थाले यस आर्थिक बर्षको बैशाख मसान्तसम्म शेयर पुँजी ४ करोड ४२ लाख ४७ हजार, जगेडा कोष ४ करोड ११ लाख २९ हजार र संस्थागत पुँजी ४ करोड २३ लाख ६० हजार पु¥याउन सफल भएको छ । त्यसैगरी सदस्यहरुले जम्मा गरेको बचत ५३ करोड ९६ लाख र लगानीमा रहेको ऋण २९ करोड ८६ लाख रहेको छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण सदस्यहरुबाट ऋणको माग नहुँदा संस्थामा तरलता भने अधिक रहेको छ । संस्थामा ६३।२१ प्रतिशत अर्थात ३४ करोड ११ लाख तरलता रकम रहेको व्यवस्थापक सुरेन्द्र तिवारीले जानकारी दिए । संस्थाले सदस्य समृद्धि ऋण ७ सात प्रतिशत ब्याजदरमा लगानी गर्दै आएको उनको भनाई छ । संस्थाका अध्यक्ष दिल्लीप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, कर्मचारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *