नर्वेको उत्कृष्ट सुरुवात, इराक ४–१ गोलले पराजित
नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्यो । नर्वेको जितका लागि स्टार ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे । उनले २९ औँ र ४३ औँ मिनेटमा गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २–१ को स्थितिमा थियो । ७३औं मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै ३–१ को स्थितिमा पुर्याए । इराकका आयमेन हुसेनले अन्तिम समयमा आत्मघाती गोल गर्न पुगेपछि नर्वेले आफ्नो पहिलो खेल इराकविरुद्ध ४–१ को जित दर्ता गर्यो । फिफा वरीयतामा नर्वे ३१ औँ स्थानमा छ भने इराक ५७ औँ स्थानमा छ । यो जितसँगै विश्वकप २०२६ मा नर्वेले ३ अंक जोडेको छ।
















