बीवाईडीका विद्युतीय सवारीसाधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ । जोमसोम र कोरला नाकाबाट नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार (असार १) साँझदेखि फुकुवा गरिएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ । मुस्ताङको कोरला नाका हुँदै जेठ दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको थियो ।

तीमध्ये ६४९ विद्युतीय सवारीको भन्सार जाँचपास गरिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । कोरला नाकाबाट यसरी भित्र्याइएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । कोरला नाकाबाट ती सबै विद्युतीय सवारीसाधन साइमन इंकले खरिद गरी नेपाल भित्र्याएको थियो । सरकारद्वारा गठित छानबिन समितिले ती विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *