वाग्मती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड बजेट, कुन कुन क्षेत्रमा कति ?

काठमाडौँ । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको भन्दा ठूलो बजेट ल्याएको छ । चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले खर्च बेहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिती कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्कट्टेलले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना नयाँ थप गरेको छैन । अधिकांश पुरानै आयोजनामा जोड दिइएको छ ।

राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउन १ अर्ब ५ करोड

प्रदेशको राजधानी हेटौंलाई सुविधा सम्पन्न् गराउन १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९र०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी पुर्वाधार विकास विशेष आयोजनामार्फत बागमती प्रदेशको राजधानी हेटौंडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पुर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको बताए ।

बागमती प्रदेश सरकार बजेट स् विद्यालय बस खरिदको लागि ६ करोड

विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन

एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले किशोरीहरुको यौन तथा प्रजनन तथा परामर्श सेवा प्रदान गर्न एक विद्यालय एक नर्स कार्यक्रमलाई आगामी वर्ष थप ६० विद्यालयमा विस्तार गर्न २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । उनले मातृ मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ । उनले आव २०७९र०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए ।

बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि

कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको जानकारी दिए ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाएको उनले बताए । प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जमरकट्टेलको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *