अल्ट्रा धाविका सुनमाया बुढा सम्मानित

काठमाडौं । नेपाली कांग्रेसले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गरेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच कांग्रेस सभापति गगन कुमार थापाले नगद एक लाखसहित उनलाई सम्मान गरेका हुन् । इटालीको कोर्टिना द आम्पेज्जोमा सम्पन्न प्रतियोगितामा १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित बुढाले उपाधि जितेकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *