पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । गत साता जिल्ला अदालतले नेपालीहरूलाई भुटानी नक्कली शरणार्थी बनाएर लैजाने प्रकरणको फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौले आज सजाय निर्धारण गरेको हो । अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो । ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, स‌ंगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *