कांग्रेसले सांसदहरूलाई दियो थप जिल्लाको जिम्मेवारी, कसले कहाँको पाए ?
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभाका सांसदहरूलाई कार्यादेशसहित थप जिल्लाको जिम्मेवारी दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले प्रत्येक सांसदलाई निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय भएको प्रमुख सचेतक बासना थापाले बताइन् । थापाका अनुसार सांसद नरेन्द्र कुमार केरुङलाई उदयपुर र गोरखा, गीताकुमारी सेङदाङ ओखलढुंगा, निश्कल राई स्याङजा, सन्तोष सुब्बा धनकुटा, प्रकाशसिंह कार्कीलाई संखुवासभाको थप जिम्मेवारी दिइएको हो । यस्तै गीता गुरुङलाई खोटाङ, डा. प्रमिला कुमारी गच्छदारलाई सुनसरी, रुक्मिणी देवी कोइरालालाई भोजपुरको थप जिम्मेवारी दिइएको थापाले जानकारी दिइन् । यस्तै मनमाया विश्वकर्मालाई नवलपरासी, सुशीला ढकाल आचार्य ललितपुर, रिना उप्रेती दोलखा, फिरदोश बारा, डा. शाहजान खातुन सर्लाही, डा. चन्द्रमोहन यादव सिरहा, निनु कुमारी कर्णलाई सप्तरीको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी रेखा कुमारी यादवलाई पर्सा, मोहन आचार्यलाई काठमाडौं, मदनकृष्ण श्रेष्ठलाई रामेछाप, डा. गंगालक्ष्मी अवाललाई काभ्रे, पवित्रा विकलाई सिन्धुलीको जिम्मेवारी दिइएको छ । अर्जुननरिसंह केसी सिन्धुपाल्चोक, सीता थपिलया (उर्मिला) चितवन र नवलपुर, योगेश गौचन थकाली म्याग्दी र कास्की, टेकबहादुर गुरुङ लमजुङ र तनहुँ, रेनुका काउचालाई पर्वत र प्युठान, अभिषेक शाह रुपन्देही र बाँके, सन्दीप राना अर्घाखाँची र गुल्मी, खड्ग शाही जुम्ला, जयपति रोकाय डोल्पा, खडकबहादुर बुढा सल्यान र रुकुम पश्चिम, वासना थापालाई दाङ र बर्दियाको जिम्मेवारी दिइएको छ । विष्णुबहादुर खड्कालाई रोल्पा, कालिबहादुर सहकारी रुकुमपूर्व, भरतबहादुर खड्का कञ्चनपुर, जनकराज गिरी बझाङ र दार्चुला, भरतकुमार स्वाँरले कैलाली र हरिना देवी कामीले बैतडीको थप जिम्मेवारी पाएको थापाको भनाइ छ ।

















