सिरहाको लहानमा कर्फ्यु हट्यो, गोलबजारमा यथावत्
सिरहा । सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ । सुनसरीमा दुई समूह बीच भएको झडपलाई नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । यादवको परिवारसँग सहमति भए पनि गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ । गणेशको शव नल्याउँदासम्म गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

















