देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट
काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोके बमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. (Devco Engineering & Builders Pvt. Ltd.) ले घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरू घर निर्माण गर्नुअघि सहीयोजना, प्राविधिक डिजाइन र संरचनात्मक विश्लेषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । यही आवश्यकतालाई ध्यानमा राखेर देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले घर निर्माणको तयारीमा रहेका व्यक्तिहरुका लागि नक्सा डिजाइन तथा सम्बन्धित इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार घर निर्माणको प्रारिम्भक चरणमै जग्गाको अवस्था, भवनको आवश्यकता, उपलब्ध क्षेत्रफल, परिवारको जीवनशैली, बजेट तथा संरचनात्मक सुरक्षालाई ध्यानमा राखेर डिजाइन तयार गर्नुपर्छ । यसका लागि देभको इन्जिनियरिङले घर बनाउने जग्गाको वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, (Architecture Drawing, Structural Drawing, Structural Analysis) तथा थ्री–डी भिजुअलाइजेसन (3D Visualization) लगायत सेवा एकीकृत रूपमाउपलब्ध गराउने जनाएको छ।
घर निर्माणमा सबैभन्दापहिले जग्गाको अवस्था र उपलब्ध स्थानको उचित अध्ययन गर्नुपर्छ । त्यसपछि ग्राहकको आवश्यकता र भवनको उपयोगिता अनुसार प्रारिम्भक योजनातयार गर्नुपर्छ । देभको इन्जिनियरिङले यहीप्रक्रियालाई व्यवस्थित गर्दै ग्राहकको आवश्यकता अनुसार वास्तु तथाडिजाइनसम्बन्धी परामर्शउपलब्ध गराउने जनाएको छ ।
वास्तु विश्लेषण र आर्किटेक्चर ड्रइङ
घर निर्माणका क्रममा भवनको डिजाइन महत्वपूर्ण चरण हो । कम्पनीका अनुसार जग्गाको आकार, सडकको पहुँच, भवनको दिशा, खुला स्थान, प्रकाश तथा हावाको व्यवस्थापन लगायतपक्षलाई ध्यानमा राखेर डिजाइनसम्बन्धी परामर्श प्रदान गर्नेछ । त्यसपछि घरको आवश्यकता र ग्राहकको प्राथमिकताअनुसार आर्किटेक्चर ड्रइङ तयार गर्नेकम्पनीले जनाएको छ । फ्लोर प्लान, इलेभेसन, स्पेस प्लानिङ (Floor Plan, Elevation, Space Planning) लगायतवास्तुकलातथाडिजाइन पक्षलाई समेटेर आधुनिक र व्यावहारिक घरको अवधारणा विकास गर्नेलक्ष्यकम्पनीको छ ।
स्ट्रक्चरल ड्रइङ र स्ट्रक्चरल एनालाइसिस
भवनको डिजाइन आकर्षक हुनुका साथै संरचनात्मक रूपमा सुरक्षित पनि हुनुपर्छ। यसका लागि कम्पनीले स्ट्रक्चरल ड्रइङ तथा स्ट्रक्चरल एनालाइसिस सेवा समेत उपलब्ध गराउनेछ । भवनको संरचनातयार गर्दा त्यसको प्रकार, तल्ला संख्या, भार, प्रयोगहुने संरचनात्मक प्रणाली तथा सम्बन्धितप्राविधिकमापदण्डलाई ध्यानमा राखेर आवश्यकइन्जिनियरिङ डिजाइन तयार गर्नेकम्पनीको भनाइछ । कम्पनीका अनुसार स्ट्रक्चरल एनालाइसिसले प्रस्तावित भवनको संरचनात्मक व्यवहार तथा आवश्यकताबारे प्राविधिक अध्ययन गर्न सहयोग गर्छ । स्ट्रक्चरल ड्रइङले निर्माणका क्रममा आवश्यक संरचनात्मक विवरणलाई व्यवस्थित रूपमा प्रस्तुत गर्छ ।
निर्माणअघि नै घरको थ्री–डी स्वरूप हेर्न सकिने
घर निर्माणको योजना बनाउने क्रममा ग्राहकले आफ्नो भावी घर कस्तो देखिन्छ भन्ने बुझ्न थ्री–डी चित्रण (3D Visualization) उपयोगी हुन्छ । थ्री–डी भिजुअलाइजेसनले घर तयार भएपछि देखिने बाहिरी स्वरूप र डिजाइनलाई निर्माण सुरु हुनुअघि देखाइदिन्छ । यसले ग्राहकलाई डिजाइन परिर्वतनवा सुधारबारे निर्णय लिन सजिलो बनाउँछ ।
नक्सा डिजाइनमा ३३ प्रतिशत छुट
कम्पनीले घर निर्माण गर्न लागेका ग्राहकलाई लक्ष्य गरी नक्सा डिजाइन सम्बन्धी सेवामा ३३ प्रतिशत छुट घोषणा गरेको हो । कम्पनीका अनुसार यस अन्तर्गत वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल ड्रइङ, स्ट्रक्चरल एनालाइसिस,थ्री–डी एनालाइसिसलगायत डिजाइन सम्बन्धी सेवामार्फत ग्राहकलाई एकीकृत डिजाइन समाधान उपलब्ध गराउने उद्देश्य राखिएको छ । कम्पनीले ग्राहकलाई घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श लिएर योजना अघि बढाउन आग्रहसमेत गरेको छ । ग्राहकले कम्पनीबाट आफ्नो जग्गाको अवस्था, घरको आवश्यकता र बजेट अनुसार डिजाइन सम्बन्धी परामर्शलिन सक्नेछन्। कम्पनीले आधुनिक डिजाइन, प्राविधिक दक्षता र ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्दै घर निर्माण सम्बन्धी डिजाइन सेवामा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । देभको इन्जिनियरिङले आवासीय घर,भवनको डिजाइन र नक्सा तयारी, राष्ट्रिय भवन संहिताले तोकेको मापदण्ड बमोजिमको गुणस्तरीय घर निर्माण र त्यसको फिनिसिङ समेत सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै आएको छ । कम्पनीले सुरुदेखि अन्त्य सम्म दक्ष र व्यावसायिक इन्जिनियर एवं प्राविधिकको प्रत्यक्ष रेखदेखमा भवन निर्माण गर्छ । कम्पनीका दक्ष र अनुभवी इन्जिनियरले निर्माणस्थलको अवस्थालाई ध्यानमा राखेर डिजाइन गर्ने हुँदा घर निर्माणको लागत समेत तुलनात्मक रुपमा निकै कम पर्न जान्छ ।
















