रसुवा बाढी पीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६० लाख रूपैयाँ सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले रसुवा बाढी पीडितका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले बाढी पीडितका लागि राहत तथा उद्धार कार्यका लागि आर्थिक सहयोग गरेको हो । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुको उद्धार, राहत र पुनस्थापनामा सहयोग पुर्याउन कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई साठी लाख रुपैयाँको चेक हस्तान्तरण गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री वाग्लेललाई हस्तान्तरण गरेको रकम प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा जम्मा हुनेछ ।

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक सशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको उपस्थिति थियो । सन नेपालले विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रतिसमवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *