ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ । प्रोफेसनल होल्डिङ लिमिटेडअन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो । प्रोफेसनल होल्डिङ लिमिटेडका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका चिफ फाइनान्स अफिसर आरडी पाण्डे, ग्लोबल कलेजका निर्देशक राजेन्द्र त्रिपाठी, निर्देशक डा डीएल पुरीलगायतको उपस्थिति थियो । पाण्डेका अनुसार देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । संकटका बेला निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार सहयोग गरिएको उनले बताए । विपद्को यस कठिन समयमा गरिएको सहयोगलाई प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरिएको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगका रूपमा लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *