रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए। लडेर टाउकोमा गहिरो चोट लागेका गौतमलाई उपचारका लागि धुसेनी देउराली अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए । घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढाडखर्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *